काठमाण्डौ – विपक्षी दलहरूको अवरोधका कारण बुधवारको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बुधवारको बैठक बिहीवार दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अवरुद्ध पारेका हुन् ।यस्तै बिहीवार दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान भएको छ । आउँदो आर्थिक वर्षको बजेट ल्याउने प्रयोजनका लागि संयुक्त बैठक आह्वान भएको हो । संयुक्त बैठकअघि दिउँसो पौने २ बजे राष्ट्रियसभाको बैठक पनि बस्ने छ ।

मंगलवार पनि प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । बुधवारको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१-०८२ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम थियो ।यसैबीच प्रतिपक्षी दलहरूले बजेट ल्याउने बैठकमा अवरोध नगर्ने बताएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताउनुभयो ।यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) माओवादीले पनि बजेट ल्याउँदा अवरोध नगर्ने बताएको छ । बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट नरोक्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।राप्रपाले पनि अरू अडान कायम रहने तर बजेट नरोक्ने बताएको छ । विपक्षी दलहरूले बजेट ल्याउनेबाहेक संसद्का अरू नियमित गतिविधि भने गृहमन्त्रीको राजीनाम नआएसम्म रोक्ने बताएका छन् ।
बजेट भाषण दिउसो ३ बजे
काठमाडौं,सरकारले बिहीवार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीवार बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि बजेट प्रस्तुत गर्नुहुनेछ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै मंगलबारदेखि सदन अवरुद्ध गरेका विपक्षी दलहरूले बजेट ल्याउन भने दिने भएका छन् ।संघीय संसद् सचिवालयले बिहीवार दिउँसो १ः४५ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ ।

Leave a Reply