मधेस मुद्दाको उठान शुरुमा नेकपा माओवादीले गरे पनि पछि त्यो मुद्दा भजाउने काम भने उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमले गरेको थियो । फोरम बिभिन्न नाम हुदै अहिले जसपामा परिणत भएको छ ।

आम चुनाव २०७९ साल मंसिर ४ मा भनेको मतको परिणामले भने अब मधेस मुद्दा पनि सकिएको आभास भएको छ । मधेसको मुद्दा उठानका लागि मधेसमा मानवीय क्षति पनि भएको छ । भौतिक क्षतिको त कुरा नै नगरौं । मानवीय क्षतिबाट प्राप्त उपलब्धी अब संरक्षण कसले गर्ने ?

विभिन्न समयमा भएका मधेस आन्दोलनकै कारण मधेसका मुद्दाहरु स्थापित भएका हुन् तर अब मधेसको पुरानो मुद्दा भजाएर राजनीति गर्ने जामना सकिएको कुरा मधेसबाट नै सिके राउतलाई जिताएर र उपेन्द्र यादवलाई हराएर मतदाताहरुले संदेश दिइसकेका छन् । अब मधेस मुद्दालाई फरक हिसावले हेर्ने बेला आएको छ ।

भजाउनेभन्दा पनि मधेसको बिषयलाई अब फरक हिसावले संवोधन गर्न आवश्यक देखिन्छ । मधेसको सामान्य मुद्दा अब मुद्दा रहेन । मधेसका सामान्य समस्या उठानमा समस्या आइरहेको अवस्थामा सिके राउतको उदय भएको छ । अब उनले पाँच वर्षका कसरी आफ्नो एजेण्डा स्थापित गर्छन् त्यसमा भर पर्ने छ । उनले मधेसको मुद्दा र बिषयलाई कसरी अगाडि बढाउनेछन् र मधेसका अन्य दलको भूमिका के रहन्छ त्यसैमा मधेसको मुद्दा अडिएको छ ।

 

 

Leave a Reply