वीरगन्ज,रसबरीको डिब्बामा लागुऔषध तस्करी गर्ने दुई जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुईजनालाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूले बोकेको रसबरीको डब्बा भित्रबाट लागुऔषध सय एमएलको बिनपिरेक्स सिरप १ सय २० थान बरामद भएको हो ।

लागु औषध सहित पक्राउ पर्नेमा बर्दियाका २२ वर्षीय राजेश थारू र चितवनका ३२ वर्षीय सुरेश नेपाली रहेका छन् । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक कारबाही प्रकृयाअगाडि बढाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

यसैबीच पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट नजिकबाट लागुऔषध खैरो हेरोइनसहित थप दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर– २ बस्ने सुरज पासवान र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर– १६ बस्ने लक्ष्मण विष्टलाई ६ वटा पुरियामा रहेको ३ दशमलभ ४० ग्राम खैरो हिरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको हो । लागुऔषधसहित पक्राउ परेका चारैजनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here