पुष्पराज खतिवडा
बारा
३ असोज २०७८
सातौं संविधान दिवसको अवसरमा आईतबार विहान बाराको जीतपुरसिमार उपमहानगरपालिका १६ पिलुवा स्थीत पिस पार्क परिषरमा ब्रह्माकुमारीजद्वारा राष्ट्रिय झण्डा पहराइएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण कट्वालले राष्ट्रिय झण्डा फहराउनु भएको हो । प्रमुख अतिथी समेत रहनु भएका प्रजिअ कट्वाले मानिसले आफुले सके सम्म कसैलाई दुःख दिन नहुने बताउनु भयो । वहाँले भन्नु भयो “मेरो कारण कसैको आँखबाट दुःखका आँशु नझरोस्, भन्ने शोच सबै मानिसमा आयोस् । ” यही मुख्य शिक्षा ब्रह्माकुमारी संस्थाबाट आफुले सिकेको वहाँले बताउनु भयो ।
यस्तै पूर्व कृषिमन्त्री ज्वाला कुमारी साहले असल नागरिक वनेर संविधान र देशको हितमा जुट्न आग्रह गर्नु भयो । पुर्वमन्त्री साहले धेरै नेपालीले रगत बगाएर ल्याएको गणतन्त्रको प्राप्त उपलब्धी संविधान र लोकतान्त्रिक पद्धतिलाई सवैले मान्नु पर्ने बताउनु भयो ।
यसैगरी त्याग र वलिदानबाट प्राप्त संविधानको कदर गर्दै रास्ट्रहित एवं कल्याणमा लाग्न प्रेरित हुन सबैलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगन्ज क्षेत्रकी प्रमुख संचालिका रविणाले आग्रह गर्नुभयो ।
झण्डोतोलन कार्यक्रमका अवसरमा पूर्वकृषिमन्त्री साह, प्रजिअ कटवाल, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिरगजं क्षेत्रकी प्रमुख संचालिका दिदी रविणा , प्रदेश न.२ ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक हिमाल श्रेष्ठ , शसस्त्र प्रहरी गणका गणपति प्रहरी उपरीक्षक मनोज थापा, तराई सिमरा अस्पतालका डा. रविन्द्र कुमार सिंहलाई सो अवसरका दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १६ का अध्यक्ष केदारनाथ बजगाई,ब्रह्माकुमार राजु भाईजी, डुमरवाना कलेज प्रमुख राधेश्याम शिवाकोटी ,गुणराज भाइ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कुमारी ज्योतिले नृत्य प्रस्तुत समेत प्रस्तुन गर्नु भएको थियो । ब्रह्माकुमारी पार्वतीको स्वागत तथा ब्रह्माकुमारी गोमा बहनको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । ले गर्नु भयो ।
उक्त अवसरमा सेवाकेन्द्र द्वारा बृक्षारोपण ,मौन यात्रा ,जनजागृति उच्च मा.वि.र बारा एकेडेमीमा अध्ययनरत ६ देखि १० सम्मका प्रथम ,द्वितीय र तृतीय हुने ३० जना छात्र–छात्राहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
कार्यक्रममा हलखोरिया साझेदारीका पुर्व अध्यक्ष राजकुमार अर्याल ,जनजागृति माविका प्रधान अध्यापक ज्ञानबहादुर राना ,बारा एकेडेमीका संचालक एवं संचारकर्मी हरिदेव खरेल , सामाजीक अगुवा विश्वनाथ लामिछाने, रमेश साप्कोटा, अच्युत राज उप्रेती ,अमृत वजगाई, कुन्ती पाठक , सिताराम रिमाल, सुरेन्द्र कर्ण ,माधव मैनाली ,कृष्ण प्रसाद मैनाली लगायत स्थानीय महिला ,विद्यार्थी ,सुरक्षा कर्मीको उल्लेखिय सभागिता रहेको थियो ।फोटोमा ः पिसपार्क पिलुवा परिषरमा झण्डोतोलन गरिँदै ।