काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपैयाँ, आलु रातो २२ रुपैयाँ, आलु (भारतीय) २४ रुपैयाँ र प्याज (भारतीय) ३६ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै गाजर (लोकल) ५० रुपैयाँ, बन्दा २५–३५ रुपैयाँ, काउली २०–२५ रुपैयाँ, मूला १०–२५ रुपैयाँ र भन्टा ४५ रुपैयाँ तोकिएको छ ।

घिउ सिमी १००–११० रुपैयाँ, तितो करेला १६० रुपैयाँ, लौका ८० रुपैयाँ, भिन्डी १४० रुपैयाँ र पिँडालु ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

सागसब्जीतर्फ रायोसाग १५ रुपैयाँ, पालुङ्गो २० रुपैयाँ, मेथी साग ३० रुपैयाँ र हरियो प्याज ३० रुपैयाँ तोकिएको छ ।

फलफूलतर्फ स्याउ (झोले) २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, केरा (दर्जन) १७० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर २४०–३५० रुपैयाँ, सुन्तला (नेपाली) १५० रुपैयाँ र तरबुजा ८० रुपैयाँ कायम गरिएको छ ।

यस्तै स्ट्रबेरी ४०० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ र अमला ९० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।

Leave a Reply