विरगंज – विरगंज महानगरपालिका अन्तर्गत रहेका वडा नं.१३ मुर्ली स्थीत कम्बल वितरण भएको छ । एक्कल महिला र ज्येष्ठ नागरिक सम्मान अन्तर्गत १ सय जना महिलाहरुलाई वडा अध्यक्ष तुफान अन्सारी र नगर उपाध्यक्ष शेख रुषतम को संयुक्त पहलमा कम्बल वितरण गरिएको थियो ।
कम्बल वितरण गर्ने क्रममा प्रदेश सरकारको सुविधालाई मध्ये नजर राख्दै मुर्ली वडा नं.१३ स्थीत रहेका एक्कल महिलार ज्येष्ठ नागरिकहरुलाई वडाका प्रतिनिधि नुरआलम, मुस्तफा अन्सारी समेत ले कम्बल वितरण कार्यक्रममा सहयोग पुरयाईएको थियो । असहाय महिलाहरुलाई पुनः कम्बल तथा जाडोको लागि न्यानो सामाग्रीहरु दिने वडा अध्यक्ष तुफान अन्सारी र नगर उपाध्यक्ष शेख रुषतम ले प्रतिबद्धता दिनु भएको छ ।