निजगढ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एंव संघिय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निजगढ नगरपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुने भएको छ । मन्त्री पोखरेलले बिहान साँढे ८ बजे नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेले जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले नेकपा निजगढले आयोजना गर्नेे पार्टी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई पनि शंवोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम निजगढस्थित उद्योग बाणिज्य संघको सभा हलमा बिहान १० बजेबाट संचालन हुने बताइएको छ ।