बिदुर खडका
डुमरवाना – शिक्षा स्वास्थमा रोजगार, दुष्टि बिहिन युवाहरुको अधिकार भन्ने नाराका साथ दृष्टि बिहिन युवा संघ बाराले आयोजना गरेको कार्यक्रममा आपाङ्गता भएकाहरुको यौन तथा प्रजनन नितिमा सरकार र समाजले सुधारको आवश्यकता रहेको जनाएका छन ।
अपाङ्गता भएकाहरुको यौनिक तथा प्रजनन संम्बन्धि बिषयक कार्यक्रम सिमरा स्थित होटल सिमरा ईनमा भएको हो । दृष्टि बिहिन युवा संघका पैरवी अधिबक्ता अनिता सिग्देलले अपाङ्गता भएकाहरुले सेवा प्रदायनि कायमा मmेलनुपरेको सम्याहरुलाई राज्य र समाजले संम्बोधन नगरेको जनाएका हुन ।
बाराका १५ वटा स्थानिय निकायका स्वास्थ संयोजकहरुको भेलालाई संम्बोधन गर्दै दृष्टि बिहिन अधिबक्ता सिग्देलले उक्त कुरा बताउनु भएको हो । सिमरामा भएको कार्यक्रममा दृष्टि बिहिन युवा संघका कार्यक्रम संयोजक सरोजा श्रेष्ट, युवा संघका केन्द्रिय उपाध्यक्ष शिब चापागाई, युवासंघ बाराका कृष्ण तिमसेना , अन्जु धिताल, संचारकर्मी बिदुर खडका , रंन्जन यादब लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता दृष्टि बिहिन युवा संघ बाराका अध्यक्ष सुधिर चौधरिले गरेका हुन् ।