जियालाल चौधरी

कोल्हबी,बाराको कोल्हबी नगरपालिका माओवादी केन्द्र र नेपाली कांग्रेश पार्टी परित्याग गरि १ दर्जन नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । एमाले बाराले कोल्हबी नगरपालिका वडा नम्बर ६ प्रसौनामा बुधबार आयोजना गरेको वडा भेला कार्यक्रममा माओवादी र नेपाली कांग्रेश पार्टी परित्याग गरी रामाकान्त चौधरी, राजकुमार चौधरी, जितेन्द्र चौधरी, रन्जित चौधरी, जयराम चौधरीलगायत एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई एमाले केन्द्रीय कमिटी सदस्य एवं प्रदेश नम्बर २ सहइन्चार्ज अच्युत मैनाली, बारा जिल्ला इन्चार्ज बलवीर चौधरीले अवीर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

भेलाले पासरस नाथ चौधरीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा गोपी माझी, सचिवमा पासपतप्रसाद पजियार, सह–सचिवमा सुरेन्द्र माझी र सदस्यहरुमा तेजा चौधरी, पानमती राम, अच्छेलाल चौधरी, बिनोद चौधरी, रुदल चौधरी, अनहोती पजियार, सुरेन्द्र राम, उपेन्द्र राम, राजमन्ती चौधरी, जगुनन्दन राम, लक्ष्मी बि.क, ईना चौधरी, प्रसाद चौधरी, गोपी माझी, हरियोम चौधरी, ब्रसोधिया चौधरी, शिवेन्द्र चौधरी, दिपेन्द्र चौधरी, पलट चौधरी, अनुराधा देबी, जितेन्द्र चौधरी, पल्टा चौधरी, रामवती चौधरी रहनुभएको छ ।

कोल्हबी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पुरनदेब चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य एवं प्रदेश नम्बर २ का सहइन्चार्ज अच्युत मैनाली प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा एमालेका केन्द्रीय कमिटी सदस्य एवं बारा जिल्ला इन्चार्ज बलवीर चौधरी, जिल्ला कमिटी सदस्य एवं कोल्हबी नगरपालिका प्रमुख भरतबहादुर भण्डारी, नगर उपप्रमुख सुनैना देबी थरुनी, एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य केवलप्रसाद चौधरीलगायतले कार्यक्रममा बोल्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here