निजगढ,अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा नाम निकाल्न सफल निजगढका खेलाडीहरुलाई गृहनगरमा नगदसहित सम्मानित गरिएको छ ।एन्फाले एकेडेमीका लागि विभिन्न चरणमा देशव्यापी रुपमा गरेको खुला छनौटबाट नाम निकाल्न सफल निजगढ– ८ का बिकल रेग्मी र छात्रातर्फ निजगढ– ५ की सिमरन थापा मगर तथा निजगढ– ८ की दिपीका चौधरीलाई निजगढ नगरपालिका वडा नम्बर ८ को कार्यालयले शुक्रवार जनही १०÷१० हजार नगदसहित सम्मानपत्रले सम्मानित गरेको हो ।

सो कार्यक्रममा बोल्दै निजगढ– ८ का वडा अध्यक्ष स्वर्ण लामाले खेलकुद र खेलाडीहरुको हरेक कदममा आफूहरुले निरन्तर साथ दिने बताउनुभयो ।त्यस्तै सोही अवसरमा निजगढ फुटबल क्लबबाट आफ्नो करियर शुरु गरेका बिकल रेग्मी र दिपिका चौधरीले एन्फा एकेडेमीमा नाम निकाल्न सफल भएपछि क्लबका प्रशिक्ष सनोष गुरुङ्ग खुशी र उत्साहित देखिनुभएको थियो । उहाँले एकेडेमीमा छनौट भएका खेलाडीहरुलाई थप उज्ज्वल भविष्यको शुभकामना समेत दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here