पंचबर्षिय गढीमाई मेलामा श्रद्धालु भक्तजनहरुले भाकल गरि उडाईएको परेवा संरक्षण भएपछी मन्दिरको आकर्षण  नै बढेको छ ।  परेवा संरक्षण अभियान २०७६ सफल बनाउन महागढीमाई नगर प्रमुख उपेन्द्र  प्रसाद यादवले  गढीमाई मन्दिरको परेवा संरक्षण  अभियानको शुरूवात  गरेपछी  परेवा संरक्षण  गर्न थालिएको छ ।
हुमैन सोसाइटी  ईनटरनेशल र पशु कल्याण संघ नेपालको संयोजनमा शुरु गरिएको  अभियानलाई निरंतरता दिदै परेवा संरक्षण अभियानलाई सफल बनाउन १५ जना स्वयंसेवकलाई परिचालन  गरिएको छ ।गढीमाई मेला ब्यवस्थापन मुल समिती र पशु कल्याण संघ नेपाल बिच भएको समझौता अनुसार परेवा संरक्षणलाई पहिलो प्राथमिकता दिएको परेवा संरक्षण अभियानक कार्यक्रम  संयोजक नरेश गुप्ताले बताए ।
परेवा संरक्षण हेतु र मन्दिरको आकर्षण बढाउन परेवा संरक्षण अभियानलाई दिगो बनाउने ए बाहिरी प्रयटक भितृयाउने नगर प्रमुख उपेन्द्र  प्रसाद यादवले बताए ।परेवा संरक्षणको नगर प्रहरी , नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्वयंसेवकलाई परिचालन गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here