काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने परीक्षार्थीका लागि आवेदन फाराम भर्ने समय १५ दिन थप गरेको छ।

बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले मंगलबार दोस्रोपटक सूचना जारी गर्दै आवेदन फाराम भर्ने म्याद थप गरेको हो।

यसअघि कात्तिक ९ गते जारी सूचनाअनुसार मंगलबारसम्म आवेदन फाराम भर्ने समयसीमा तोकिएको थियो। तर दसैँ, तिहार तथा छठ पर्वका कारण विद्यालयहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न समय अपुग भएको भन्दै म्याद थप गर्न माग आएपछि कार्यालयले समयावधि बढाएको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार राजस्व बुझाउनेसहित आवेदन फारामसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने अन्तिम म्याद मंसिर २५ गतेसम्म कायम गरिएको छ।

कार्यालयले तोकिएको नयाँ समयसीमाभित्रै आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित विद्यालय तथा परीक्षार्थीलाई आग्रह गरेको छ।

Leave a Reply