पुष्पराज खतिवडा
मनहर्वा , २९ कार्तिक । जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थीत रहेको सर्वसुलभ बतच तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा सुक्रबार बडहर्वामा सम्पन्न भएको छ । अधिवेशन सहितको सभाले स्थानिय हुतराज ढुङ्गानाको अध्यक्षतामा ७ सदस्य नयाँ संचालक समिति निर्वाचित गरेको छ । जस्को उपाध्यक्षमा जोखु राउत ,कोषाध्यक्षमा राजन पौडेल र सचिवमा राजेश कुमार भण्डारीसँगै अन्य ३ जना सदस्य पदमा निर्वाचित भएका छन् ।
यसैगरी लेखासमिति संयोजकमा श्यामचन्द्र प्रसाँई निर्वाचित भएका छन् ।
सात सदस्य संचालक समितिको अध्यक्ष पदका लागि पूर्व अध्यक्ष सहित ६ जनाले उमेदवारी दिएका थिए । अन्तत सहमतीबाटै अध्यक्ष लगायतका अन्य संचालक निर्वाचित भएका संस्थाका पूर्व अध्यक्ष सिग्देलले जानकारी दिए ।
सभाकोे बारा बचत तथा ऋण सहकारी संघ लिमिटेड बाराका अध्यक्ष सत्यन्द्र कुमार ठाकुरले उद्घाटन गरेका थिएप्रमुख अतिथी समेत रहेका ठाकुरले सहकारीका सदस्यले विभिन्न बैंकमा बचत खाता खोल्न जरुरी नहुने बताए ।
आफु सहकारीको मालिक भएको संस्थालाई विस्वास नगरेर अन्यत्र बचत राख्नु सहकारीका सदस्यलाई नसुहाउने उनको भनाई थियो । सहकारी संस्थाहरुले ग्रामिण सर्वसाधारणको आर्थीक उन्नतीसँगै क्षमता विकासमा उल्लेखिय योगदान गरेको उनले बताए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनीधि ,सामाजिक अगुवा लगायतको उल्लेखिय सहभागिता रहेको थियो । सहकारीले कार्यक्रमका अवसरमा स्कुले बालबालिकालाई शैक्षिक सामाग्रि, जेष्ठ नागरिक तथा असल कारोबारीलाई सम्मान समेत गरेको छ ।
६ करोड ८२ लाख १८ हजारको कारोबारबाट गरेको २७ लाख ९६ मुनाफाबाट सदस्यहरुलाई १५ प्रतिशत मुनाफा वितरण गर्ने निर्णय समेत गरेको छ । संस्थामा ३०४ महिला सहित ७९९ सदस्य रहेका छन् । कार्यक्रम पूर्व अध्यक्ष ध्रुव सिग्देलको अध्यक्षता तथा सदस्य विनील अधिकारीको संचालनमा सम्पन्न भएको हो ।