सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा तालिम सञ्चालनका नाममा ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ का सुमित पटेल, वीरगञ्ज महानगरपालिका २२ का सुमन साह, वीरगञ्ज महानगरपालिका २३ का आर्यनकुमार दास र कावासोती नगरपालिका १४ की रिता सुनार रहेका छन् ।

युनिभर्सल भिजीनरी युथ इन्टरप्रेनरर्सका नाममा ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बस्ने प्रदिप पटेल सहित ७ जनाले आफूहरु ठगीएको निवेदन ईलाका प्रहरी कार्यालय सिमरामा दिएपछि प्रहरीले उनीहरुलाई कार्यालयबाट पक्राउ गरेको हो ।सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाएर यूवाहरुलाई त्यसमा जोडेर नेटवर्किङ व्यापारमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ का प्रदिप पटेलसंग एक लाख ५० हजार, रौतहट देवाही गोनाही नगरपालिका ७ का राम उजैन कुशवाहासंग ९० हजार, वीरगञ्ज २२ का लालबाबु कुशवाहासंग ९० हजार, पर्साको बहुदरमाई नगरपालिका ६ का निकेशकुमार कुशवाहासंग ५५ हजार, पर्साको जगरनाथपुर गाउँपालिका ३ बस्ने संदिप यादवसंग २ लाख ८० हजार, बाराको सिम्रौनगढ नगरपालिका १० का रमेशकुमार बैठासंग ९० हजार, पर्साको पोखरिया नगरपालिका १ का उपेन्द्र पासवानसंग ९० हजार रुपैयाँ सो समुहले ठगी गरेको निवेदन ईलाका प्रहरी कार्यालय सिमरामा परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको हो ।पक्राउ परेकाहरुलाई प्रहरीले जिल्ला अदालत बाराबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक शुभद्रा लामाले जानकारी दिनुभयो ।

Leave a Reply