सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि नेकपा माओवादी केन्द्रमा १२ जना आकांक्षी देखिएका छन् ।

उम्मेदवारको छनौंटको लागि बसेको बैठकमा केन्द्रबाट प्रमुखमा आठ र उपप्रमुखमा चार जनाले आकांक्षा देखाएका हुन् । माओवादी केन्द्रबाट प्रमुख पदका लागि राजन पौडेल, क्षेत्रबहादुर श्रेष्ठ, जयाराम दाहाल, रामशरण बर्तौला, गीता कँडेल, शिला खनाल, धनबहादुर श्रेष्ठ र रामराज चौधरीले दाबी प्रस्तुत गर्नुभएको हो ।

पौडेल अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रमुख पदका उम्मेदवार हुनुहुन्थ्यो । प्रमुख पदका लागि दावी प्रस्तुत गर्ने मध्ये दाहाल संविधान सभाका सदस्य, श्रेष्ठ माओवादी केन्द्र बाराका अध्यक्ष, बर्तौला निर्वाचित वडाध्यक्ष हुन ।

यसैगरी उपप्रमुखमा प्रेम बराल, क्यामुदिन मंसुरी, रोमा चौधरी र शिवशंकर चौधरीले दाबी प्रस्तुत गर्नुभएको छ । बराल माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष र मंसुरी जीतपुरसिमरा २३ बाट निर्वाचित वडासदस्य हुन् । बैठकमा प्रमुख र उपप्रमुख पदका लागि आकांक्षी धेरै देखिए पछि छलफल गरेर प्रदेशमा सिफारिस गर्ने नगर कमिटी अध्यक्ष बरालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here