यो वर्षको असार प्रन्ध पनि नजिकदै छ । नेपालमा करिब ७० प्रतिशत जनसंख्या कृषि पेशामा निर्भर छ । यसमध्ये ७५ प्रतिशतले जीवन निर्वाहकै लागि कृषि पेसालाई अँगालेको विभिन्न समयमा गरिएका सर्वेक्षणले देखाएको छ । त्यसभित्र पेसालाई व्यावसायिक बनाउनेको संंख्या २५ प्रतिशत मात्रै छ । नेपाल कृषिप्रधान मुलुक भनेर चर्चा गरिरहँदा यो तथ्यांकले कृषिको व्यवसायिकतामा कमजोर भएको देखाउँछ । कृषिमा निर्भर भए पनि जीवन निर्वाहको मुख्य पेसा बनाउन नयाँ पुस्ताको ध्यान अझै मोडिएको छैन ।

केही युवा व्यवसायिक बन्न खोजे पनि बिस्तारै यो पेसाबाट पलायन भएको उदाहरण धेरै भेटिन्छ । कृषि उत्पादन राम्रै भए पनि बजार अभाव र ढुवानी समस्या पेसा परिवर्तनको मुख्य कारण बन्ने गरेको छ । बजारमा कृषकले उत्पादन गरेका सबै बस्तु पाइन्छ । नेपाली उत्पादनले मात्रै नपुगेर छिमेकी मुलुक भारत, चीनसहित तेस्रो देशबाट पनि कृषिजन्य बस्तु ल्याएर बिक्री भइरहेका छन् । तर, नेपालकै कृषकले उत्पादन गरेका बस्तुले बजार नपाएको समाचार पनि धेरै आउँछन ्। झट्ट सुन्दा यो विषय अनौठो पनि छ । मूल्य नपाउँदा गाउँका कृषकले दूध सडकमा पोखेको, गोलभेडा बाटोमा फालेको र उत्पादन खेतबारीमै कुहिएको÷सुकेको हामीसँग प्रशस्त उदाहरण छन ।

तर, तिनै कृषकले मूल्य नपाएर फालेका वस्तुको मूल्य सहर बजारमा छोइसक्नु छैन । कृषकको उत्पादन बढ्दा बजारमा भाउ घट्नुपर्ने हो तर त्यो हुँदैन । नेपाली कृषकले मूल्य नपाएर फालेका र पोखेका कृषि उत्पादन बाहिरी देशबाट ल्याएको उपभोक्ताले खरिद गरिरहेका छन् । यसको मुख्य कारण भनेकै ढुवानी समस्या र बजारमा मध्यस्तकर्ता (विचौलिया) को मनोमानी हो । त्यसो त बारा र पर्सा कृषि उत्पादनका सावलले उर्वरा भूमि हो । यस क्षेत्रमा आएका बजेटहरुले कृषकहरुको समस्या समाधानका लागि र बजेट भने कम तर्जुमा गरेको पाइएको छ । अब भने देशको समग्र विकास गर्ने हो भने राज्यले कृषिलाई पहिलो प्राथमिकता राखेर काम गर्न आवश्यक देखिन्छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here