वीरगञ्ज,भेट्रान्स सिटी क्लब वीरगञ्जले आयोजना गरेको मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोस्रो संस्करणको वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा डिफेन्डीङ् च्यापियन नेपाली पुलिस क्लब विजयी भएको छ ।
सोमवार वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा भएको तेस्रो खेलमा विभागीय टोली समेत रहेको नेपाल पुलिस क्लबले बागमती युवा क्लबलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

खेलको सुरुवातदेखि नै नेपाल पुलिसले आक्रामक रणनीति अपनायो । १६औँ मिनेटमा मिडफिल्डर मनिष सेढाइले विवेक पाण्डेको सटीक कर्नर पासलाई हेडरमार्फत गोलमा परिणत गरे । गोलले पुलिसको आत्मविश्वास बढायो भने बागमतीलाई दबाबमा राख्यो ।

यद्यपि बागमतीले हार नमानेर २५औँ मिनेटमा आफ्नो खाता खोल्यो । बागमतीका भूपाल मगरले गरेको शानदार प्रहार पुलिसका गोलकिपर राजवी राईले घामको कारण राम्ररी देख्न नसक्दा बल गोलपोस्टमा छि¥यो । गोलले पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

दोस्रो हाफमा खेल थप रोमाञ्चक बन्यो । दुवै टोलीले गोलका लागि कडा मिहिनेत गरे पनि ७७औँ मिनेटमा नेपाल पुलिसका रामचन्द्र माझीको लामो पासमा उज्ज्वल राईले शानदार गोल प्रहार गरे । गोल निर्णायक बन्यो र बागमतीको कम ब्याकको सपना चकनाचुर भयो । बाँकी समयमा बागमतीले केही अवसर सिर्जना गरे पनि गोल पोस्टसम्म बल पुग्न सकेन ।

Leave a Reply