नेपालको मधेस प्रदेशको स्थान गरिबीको रुपमा चौथो स्थानमा रहेको एक तथ्याङ्कले देखाएको छ । जसले यहाँ अझै पनि धेरै गरिबहरु रहेको तथ्य पुष्टी नै भएको छ । विश्व बैंकले तयार पारेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको गरिबी अवस्था बारे तथ्याङ्कमा देशको ७ प्रदेश मध्ये मधेसको स्थान चौथो रहेको देखाइएको हो ।

मधेशमा २२.५३ प्रतिशत रहेको छ । जुन देशको औसतभन्दा बढी रहनुले पनि मधेशमा गरिबहरुको संख्या बढी भएको देखाउँछ । यत्ति मात्र होइन, मधेसलाई आर्थिक रूपमा अझै कमजोर रूपमा परिरहेको प्रदेशको रूपमा देखाएको छ । मधेसमा कृषि, रोजगारी र सेवा क्षेत्रका अवसर अन्य क्षेत्रमा भन्दा सीमित छन् । मधेस जस्तो जनसङ्ख्या बढी भएको प्रदेशमा गरिबी दर अलि कम देखिए पनि वास्तविक सङ्ख्यामा धेरै मानिसहरू गरिबीमा देखा परेका छन् ।

खासगरी देशको १० उच्च गरिब जिल्लाको सूचीमा मधेसकै बारा जिल्ला सहित रौतहट, सर्लाही,सप्तरी, धनुषा र महोत्तरी लगायतका ६ जिल्ला जनसङ्ख्याको आधारमा उच्च गरिबिको सूचीमा परेको छ । रौतहटमा ३२.३३ प्रतिशत, सर्लाहीमा २६.७ प्रतिशत, बारामा २५.८२ प्रतिशत, सप्तरीमा २५.३७ प्रतिशत, धनुषामा २०.१ प्रतिशत र महोत्तरीमा २४.१ प्रतिशत जनसङ्ख्या गरिबिको रेखामुनि रहेको छ । स्थानीय तहहरूमा गरिबी दर १.१८ प्रतिशतदेखि ७७.८९ प्रतिशतसम्म फैलिएको देखिन्छ । कुल ८ जिल्लाहरू समेटिएको मधेस मुख्यतया सहरी छ ।प्रदेशमा अधिकांश बासिन्दाहरू अर्ध–सहरी क्षेत्रमा (७३.५ प्रतिशत), त्यसपछि सहरी क्षेत्र (२०.६ प्रतिशत) र ग्रामीण क्षेत्र (५.८ प्रतिशत) २० छन् । जबकी झट्ट हेर्दा बारामा नै गरिब को होला जस्तो पनि देखिन्छ । किनभने प्रायः सबैले लगाएकै छन्,खाएकै छन् अनि गरिब को होला भन्ने देखिएपनि तथ्यांकले गरिब धेरै भएको देखाएपछि अब स्थानीय र प्रदेश सरकारले गरिबी हटाउनका लागि नीति बनाउछ आवश्यक छ तर स्पष्ट नीति भने देखिएको छैन । अब बनोस् ।

Leave a Reply