सखुवाप्रर्सौैनी,पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ को गुलवरीया टोलस्थित वन सुरक्षाकर्मीको टोलीले साइकलसहित एकथान सालको फन्टा बरामद गरेको छ । सब डिभिजन वन कार्यलय बडनियारबाट सुबेदार प्रदीप तिमिल्सिनाको कमान्डमा गएको टोलीले वनबाट तस्करी गरेर ल्याउदै गरेको अवस्थामा सो काठ बरामद गरेको हो । सुबेदार तिमिल्सिनाका अनुसार साइकलमा राखेर लुकाइछिपाइ गाउँतर्फ ल्याउदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा पुगेको वन गस्ति टोलीले राती ९ः३० बजे साइकलसहितको काठ बरामद भएको हो । बरामद काठ बडिनियार सब डिभिजन कार्यलयमा ल्याएर राखिएको सुबेदार तिमिल्सिनाले जानकारी दिनुभयो ।

Leave a Reply