निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयको कक्षा १० की छात्रा एलिजा सुनारको उपचार खर्च जुटाउन अनेरास्ववियु क्रान्तिकारीले अभियान सुरु गरिएको छ ।
अनेरास्ववियु (क्रान्तिकारी) निजगढले सोमबार एलिजा सुनार बचाउ अभियान घोषणा गरेको हो । नेकपा (माओवादी केन्द्र) निजगढको कार्यालयमा बसेको अनेरास्ववियुको बैंठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष सुमन खुलालले जानकारी दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएकाले विद्यार्थीको जीवनरक्षाको लागि अभियान थालनी गरिएको बताउनुभयो ।
अभियान अन्तरगत सोमबार पहिलो दिन पाँच हजार ५१ रुपैया संकलन गरि कोष स्थापना गरिएको अध्यक्ष खनालले बताउनुभयो । अनेरास्ववियुले सहयोगी दातालाई अभियानमा सहयोग गर्न आह्वान समेत गरेको छ । सहयोग गर्न चाहनेले एलिजाको दिदी निर्मलाको एनएमबी बैंकमा रहेको खाता नं. ०८९०११८३५९६०००११ मा रकम जम्मा गर्न सक्ने जानकारी दिइएको छ । त्यसैगरी सहयोगको लागि थप जानकारी लिन ९८१२२७४२३५, ९८२७२२५५३२, ९८२९०२५१९५, ९८२९२८८२८७ मा सम्पर्क गर्न सकिने पनि बताइएको छ ।
अध्यक्ष खुलालको अध्यक्षतामा बसेको बैंठकमा नेकपा (माओवादी केन्द्र) का प्रदेश २ का सदस्य रविराज दंगाल, नगर कमिटी सदस्य शेख अन्जर, अनेरास्वीयू (क्रान्तिकारी) कोषाध्यक्ष स्यारोलिका घिसिङ्ग, सहसचिव दिलिप चौधरी, सदस्य अंकित गौतम लगायतको उपस्थिति रहेको थियो ।
एलिजालाई भदौं २२ गते जंगलमा बिच्छीले टोकेपछि हाल वीरगन्जस्थित स्पर्श हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।