वीरगञ्ज,वीरगञ्ज महानगरपालिका– ९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि रहेको एक घरमा भएको कुटपिटबाट एक युवकको ज्यान गएको छ ।पर्साको कालिकामाई गाउँपालिका– १ मुडली निवासी २७ वर्षीय विकास चौरसियाको कुटपिटपछि मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नेपाल प्रहरीका कर्मचारी रहेको प्रारम्भिक जानकारीमा उल्लेख छ ।

स्थानीयका अनुसार रौतहट घर भएका एक परिवारले डेरा लिएर बसेको कोठामा शुरु भएको विवाद चर्किँएर कुटपिटमा परिणत भएको थियो । सो क्रममा रड प्रहार हुँदा चौरसियाको ज्यान गएको बताइएको छ ।घटनामा संलग्न तीन जना पुरुष र एक महिला गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनापछि क्षेत्र तनावग्रस्त बनेको थियो भने प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply