जनकपुरधाम,अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिएको वनभोजमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ हेलिकप्टर चढेर मधेस प्रदेशको सिराहामा आएपछि सामाजिक संजालमा उहाँको विरोध शुरु भएको छ ।

मुख्यमन्त्री जस्तो व्यक्ति लाखौं खर्च गरेर वनभोजमा सहभागी भएको भन्दै सर्वसाधारणले आलोचना गरेका हुन ।
नेपाली काँग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवको आयोजनामा सिराहाको धनगढीमाई नगरपालिका– १४ को सर्रेअम्बासमा भएको वनभोजमा सहभागी हुन मुख्यमन्त्री बानिया माउन्टेन एयरको हेलिकप्टरमा हेटौँडाबाट सिराहा आउनुभएको थियो । हेलिकप्टर अवतरणको दृश्य हेर्न आसपासका बस्तीका सर्वसाधारणको पनि भिड लागेको थियो ।
यसैगरी, वन भोजमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगै मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जंगीलाल रायलगायत अन्य नेताहरू पनि सहभागी भएका बनेका थिए ।

आयोजकका अनुसार सहभागीहरूको लागि १० क्विन्टल कुखुराको मासु, ३ क्विन्टल खसीको मासु, साहाकारीहरूका लागि १० क्विन्टल दही तथा विभिन्न परिकार र मिठाइको प्रबन्ध मिलाइएको थियो ।मुख्यमन्त्री बानियाँका स्वकीय सचिव मिलन पुडासैनीले हेलिकप्टर यात्रा व्यक्तिगत खर्चमा भएकोभन्दै आलोचना गर्नुको अर्थ नभएको स्पष्ट पार्नुभएको छ ।

Leave a Reply