कलैया,बाराको सुवर्ण गाउँपालिकामा नेपालको संबिधान तथा प्रचलित कानुनको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सचेतनामुलक कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
सुवर्ण गाउँपालिकाको आर्थिक सहयोग र संकल्प नेपालको आयोजनामा नेपालको संबिधान तथा प्रचलित कानुनको बारेमा सचेतनामुलक कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रममा नेपालको संबिधान, मौलिक हक, महिला तथा बाल अधिकार, लौगिङ्ग विभेद, कानुनी सेवा, हिंसाबाट बच्ने उपाय लगायतका बिषयमा छलफल भएको जनाइएको छ ।
कार्यक्रमका सहभागीहरुले संबिधानमा सबै जात, जाती, धर्म, वर्गहरुको मौलिक हक तथा समाजमा रहेका विकृतिहरुलाई न्युनीकरण गर्नमा सहयोग पु¥याउने र लैगिक हिंसा एंव जानीय भेदभाव नगर्ने सहभागीहरुले प्रतिवद्घता जनाएका थिए ।
सचेतनामुलक कार्यक्रम सुवर्ण गाउँपालिकाको वडा नम्बर ४, ६ र ८ को हर्दिया, पशुरामपुर र मझरियामा संचालन भएको थियो भने कार्यक्रमको अनुगमन सुवर्ण गाउँपालिको उपाध्यक्ष बबिता यादव, वडा अध्यक्ष सैबुल्लाह मियाँ, दोलेन्द्रप्रसाद यादव, शिवधारी दास तात्मा र सामाजिक बिकास शामा प्रमुख संजिव राम लगायतकाले गर्नुभएको संस्थाका प्रभु मण्डलले जानकारी दिनुभयो ।
सो कार्यक्रमको सहजीकरण मुकुन्द चौधरी, मुकेश कुशवाहा, प्रमोद तिवारी लगायतले गर्नुभएको थियो । सचेतनामूलक कार्यक्रममा प्रत्येक समुहमा ३५ जनाको सहभागिता रहेको थियो ।