निजगढ,नेपाल पत्रकार महासंघमा आवद्ध महिला पत्रकारहरुले शनिबार निजगढको शहिद पार्कमा तिज विषेश कार्यक्रमको आयोजना गरेका छन ।

पत्रकार महासंघ बाराकी महिला उपाध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका महिला पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लाका करिव २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।

निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य दुर्गा कोइराला, नेपाल महिला संघकी निजगढकी अध्यक्ष विष्णु नेपाल, कृपा दैनिककी प्रकाशक सविता चालिसे, अखिल नेपाल महिल संघ निजगढकी अध्यक्ष धनमाया लामा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सदस्य तुलसा घिमिरे लगायतले कार्यक्रम सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रेडियो आकासबाणी जितपुरकी कार्यक्रम संयोजक निलिसा बर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको संचालन सुमित्रा लामाले गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख लामिछानेले शहिद पार्कको बारेमा कार्यक्रममा सहभागी महिला पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो । महिला पत्रकारहरुले शहिद पार्कको अवलोकन गर्नुका साथै तीज गीत र सांगितिक कार्यक्रम समेत आयोजना गरेका थिए ।

Leave a Reply