निजगढ,निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग राखेर निजगढस्थित शहिद चोकमा सुरु भएको रिले अनशन आइतवार चौधौंंं दिनमा पनि जारी रहेको छ । अनसनमा निजगढ नगरपालिका वडा नम्बर ९ का गोकुल न्यौपाने, दिपक सिटौला, दिपक तिमल्सिना, खमबहादुर श्रेष्ठ र दिनेश त्रिपाठीेसहित ५ जनाको टोली सहभागी छ ।

सर्वोच्च अदालतले निजगढ विमानस्थलको विकल्प खोज्न सरकारलाई निर्देशन दिएपछि निजगढ सार्वजनिक सरोकार समिति र संयुक्त युवा विद्यार्थी सरोकार समितिको आह्वनमा विमानस्थल निर्माणको माग राखेर हुदै आएको आन्दोलनको क्रममा अनशन जारी राखेका हुन ।

यसअघि निजगढस्थित पूर्वपश्चिम लोकमार्गको शहिद चोकमा हुदै आएको चक्काजाम र प्रदर्शन भने स्थगित भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री रालबाबु राउतले .विमानस्थल निर्माणको माग पुरा हुने आश्वासन दिएपछि राजमार्गको चक्काजाम र धर्ना स्थगित गरिएको सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले बताउनुभयो । मुख्यमन्त्री राउतले अदालतले पूर्णपाठमा निजगढ विमानस्थल निर्माण गर्ने गरी फैसला आउने विश्वास दिलाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here