निजगढ,नेपाली कांग्रेस बारामा सोमबार सम्पन्न वडा अधिवेशनमा निजगढ नगरपालिकाका मेयर सुरेश खनाल क्षेत्रीय प्रतिनिधिमा नै पराजित बन्नुभएको छ । नगर प्रमुख खनाल वडा नम्बर ९ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित हुनु भएको हो । निर्वाचनमा मेयर खनालको प्यानलबाट उम्मेदवार बन्नुभएका वडा सभापती उम्मेवार विरेन्द्र श्रेष्ठसहित क्षेत्रीय प्रतिनिधिका सबै उम्मेदवारले पराजय बेहोरेका हुन । उक्त वडामा कांग्रेशका अर्का नेता शम्भु बढाथोकीको पूरै प्यानल विजयी बनेको छ । वडा सभापतीमा सागर तामाङ्ग ४० मत पाएर विजयी हुनु भएको छ । प्रतिव्दन्दी श्रेष्ठले जम्मा २१ मत प्राप्त गर्नुभएको थियो ।

क्षेत्रीय प्रतिनिधिमा बुढाथोकी सबैभन्दा बढी ४३ मत प्राप्त गरेर विजयी बन्नुभएको छ । ६३ जनाले मतदान गरेको सो वडाको निर्वाचनमा मेयर खनालले ३३ मतमात्रै प्राप्त गुर्नभएको थियो ।

निजगढ नगरपालिकाका अधिकांश वडामा सभापती पदमा निर्विरोध भएको छ । नगर सभापती महेशी कुवरले दिएको जानकारी अुनसार वडा नम्बर १ को सभापतिमा बुद्धबहादुर लोप्चन, वडा नम्बर २ हेमबहादुर विष्ठ, ३ मानबहादुर डासेली, ४ रुपेश चौधरी, ५ रामहरी तिमल्सिना, वडा नम्बर ७ हरिबहादुर शाही, १० हिराबहादुर लोप्चन, ११ सहैया गुरो, १२ सोनामबहादुर गोले र वडा नम्बर १३ मा सुनबहादुर थिङ्ग सभापति पदमा सर्बसम्मत छानिनु भएको छ ।

वडा नम्बर ८ मा भने मतदान प्रकृया विवादमा परेको छ । एउटा पक्षले बल प्रयोग गरेर अनुचित क्रियाकलाप गरेको भन्दै अर्को पक्ष बाहिरिएपछि राति ९ बजेबाट मतदान सुरु भएको छ । निर्वाचन अधिकृत मधुसुधन अधिकारीलाई दवावमा पारेर नियम विपरित निर्वाचन गराउने प्रयास भएपछि आफूहरुले निर्वाचन बहिष्कार गर्नु परेको वडा सभापतीका उम्मेदवार नरेश घिमिरेले बताउनुभयो । सो वडामा पनि कांगेश नेता बुढाथोकी र मेयर खनाल पक्षबीच तीव्र प्रतिस्पर्धा रहेको थियो । घिमिरे बुढाथोकीको समर्थनमा सभापती पदमा प्रत्यासी बन्नुभएको थियो ।

बरियारपुर, बारामा पटकपटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको वडा अधिवेशनमा धेरै स्थानमा सहमतिमा सभापती र क्षेत्रीय प्रतिनिधि चयन भएका छन । सहमती हुन नसकेर मतदान भएका वडाको परिणाम भने आउने क्रम जारी रहेको केही वडामा भने मंगलबार चुनाव हुने मतदान अधिकृत राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस बाराले दिएको जानकारी अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर को सभापतीमा वसन्त घिमिरे, ३ मा महेश गुप्ता, ४ रबि कुमार गुप्ता, वडा नम्बर १४ रामप्रसाद ठाकुर सहमतिमा चुनिनु भएको छ । त्यसैगरी महागढीमाई नपा वडा नम्बर ३ मा द्वारिका साह, ५ मा हरिशचन्द्र चौधरी, ८ मा जहिर अंसारी, र १० राजेश साह सहमतिमा निर्वाचित हुनु भएको छ ।

त्यसैगरी जिल्लाका केही स्थानमा भने वडा अधिबेशन स्थगित भएको छ । सहमतीको प्रयास विफल बनेपछि नभएपछि महागढीमाई नपा १ , ३ , ४ मा वडा अधिबेशन स्थगित भएको हो । उक्त वडामा मंगलबार चुनाव हुने मतदान अधिकृत शम्भु सिहले जानकारी दिनुभयो ।

Leave a Reply