वीरगन्ज,जिल्लाको मुख्य प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालय पर्सामा चोरीको घटना हुन थालेको छ । आफ्नो कामले आउने सेवाग्राहीको मोबाइल, पैसा लगायतका सामानहरू चोरी भएको सेवाग्राहीले गुनासो गरेका छन् ।

जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा र प्रशासनिक कामको मुख्य जिम्मेवारी रहने जिल्ला प्रशासन कार्यालयमा पाकेटमारहरूको बिगबिगी बढ्दा चोरीको घटना हुने गरेको सेवाग्राहीले बताएका छन् । आइतबारमात्रै नागरिकता बनाउन आउनु भएका कालिकामाई गाउँपालिकाका बलिराम पडितको पकेटबाट २ हजार ७ सय रूपैयाँ चोरी भएको उहाँले बताउनुभयो । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्सा परिसरबाटै पाइन्टको पछाडिको गोजीमा राखेको २ हजार ७ सय रूपैयाँ पकेटमारले चोरी गरेको उहाँले बताउनुभयो ।

यसअघि पनि सिडिओ कार्यालयमा आउने सेवाग्राहीको मोबाइल र पैसा चोरी हुने गरेको सेवाग्राहीले बताएका छन् । सिडिओ कार्यालय परिसरमै सेवाग्राहीको सामान र नगद चोरी हुन थालेपछि सेवाग्राहीहरू चिन्तित भएका छन् । कोरोना महामारीको जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्डको समेत पालना नगरी भीडभाड हुने जिल्ला प्रशासन कार्यालयमा पाकेटमारहरूलाई भने चोरी गर्ने अनुकुल समय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here