पुष्पराज खतिवडा, महनहर्वा ९ भदौँ– बारा प्रहरीले अबैध लागु औषध साँढे चार केजी गाँजा सहित २ जनालाई आइतबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका– ८ का ६० वर्षिय सत्यनारायण राम र सोही नगरपालिका–ं.१० का ४४ वर्षका राजनाथ दास रहेका प्रहरीले जनाएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका– १४ स्थित दुधौरा खोलाबाट गाँजासहित उनीहरुलाई राति ११ बजे नियन्त्रणमा लिइएको हो । उनीहरुले बेकेको झोला खोजतलास गर्दा उक्त परिमाणको अबैध लागु औषध गाँजा बरामद भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय सिमरामा राखी थप अनुसन्धान भैरहेको छ । त्यसैगरी प्रहरीले आइबार राति नै जिल्लाको देवताल गाउँपालिका– २ बाट पनि वेवारिसे अवस्थामा १० किलो गाँजा बरामद गरेको छ ।
पछिल्लो समय जिल्लामा गाँजा कारोबार मौलाएपछि प्रहरीले सक्रियता बढाएको डिएसपी मिश्रले बताउनुभयो ।