निजगढ,नेपाल रेडक्रस सोसाइटी निजगढ र बाराको गन्जभवानीपुर उपशाखाले आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेका छन ।

निजगढमा भएको रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस दिवसको अवसरमा निजगढ रेडक्रस भवनमा भएको रक्तदान कार्यक्रममा १५ महिलासहित ७२ जनाले रक्तदान गरेको रेडक्रस निजगढका सभापति नारायणप्रसाद उप्रेतीले शर्माले जानकारी दिनुभयो ।

गोल्बल आइएमइ बैङ्क निजगढ शाखाको सहयोगमा भएको सो कार्यक्रमा नेपाली सेनाको विकास निर्माण कार्यदल निजगढका २ दर्जन सैनिक जवान र गौरीशंकर कलेज निजगढका ७ जना विद्यार्थीले पनि रक्तदान गरेका थिए । रेडक्रस भवन निजगढमा भएको रक्तदानमा रक्तसंचार केन्द्र वीरगन्जका प्राविधिकहरु सौरभराज पाण्डे, लिलाधर साह, शेखर गुप्ता, शेख इकारमबुल र सुमन यादबले सहयोग गनुर््भएको थियो ।

त्यसैगरी बरियारपुर सम्बाददाताका अनुसार नेपाल रेडक्रस सोसाइटी गन्जभवानीपुर उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिला सहित ४७ जनाले रक्तदान गरेका छन् । महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा रुप कुश्वाहा, प्रीन्सी जयसवाल, वर्षा जयसवाल, बिकेश पंडित, मनु सोनार, केदार यादव लगायतले रक्तदान गरेको उपशाखाका अध्यक्ष प्रभुलाल कुश्वाहाले जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्र वीरगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply