अनिल तिवारी
सिमरा – शहरी विकाश राज्यमन्त्री रामबीर मानन्धरले विकासमा बारा बासिले देखेको सपना पुरा गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा पशुपतीनाथ महादेब मन्दिरको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहांले सो कुरा बताउनुभभएको हो ।

 

 

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएको उहांले तराईको विकासका लागि राज्यले अब टुक्रे बजेट नभै ठुलो बजेटको परिकल्पना गरेको भन्दै जीतपुरसिमराको कुनै एउटा बाटोको नभै यस नगर भित्र सबै वडालाई समेट्ने रिङ्गरोड बनाउने योजना पेश गर्न स्थानिय तहसंग आग्रह गर्नुभयो । उहांले अब सहरी विकासको लक्ष्य सहित योजना अगाडी बढाउदां यस उपमहानगर भित्र २ तल्ले नभै बिस तल्ले भवन बनाउने किसिमको योजना अगाडी ल्याए मन्त्रालय तहबाट समेत सहयोग गर्ने मन्त्रि मानन्धरले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

 

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभाका सदस्य किसान श्रेष्ठले आफुलाई यस ठांउको जनताको माया र आर्शिवाद रहेको भन्दै यस उपमहानगरपालिका भित्र विकासे योजना ल्याउन सधै तत्पर रहेको जानकारी गराउनुभयो । उहांले विकासका लागि आफुले यहां विभिन्न साना ब्यवसायका साथै कृषिलाई विशेष प्राथमिक्तामा राखेर काम गर्दै आएको जसको नमुना मेवा खेतीका साथै अन्य काम रहेको जानकारी गराउनुभएको थियो ।

 

 

 

 

 

मन्दिर निर्माण समितिका संयोजक भागवत चौधरीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नेता एवम पुर्व मन्त्रि पुरुषोतम पौडेल, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विक, सिता गुरुङ्ग, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, नगर उपप्रमुख सरस्वती चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भोजबहादुर खत्री, नेकपाका नेता क्षेत्रबहादुर श्रेष्ठ(अनिल), नेपाली कांग्रेसका नेता कृष्णब्रत सिहं लगाएतको सहभागीता रहेको थियो ।

 

 

 

 

कार्यक्रममा राज्य मन्त्रि मानन्धर सहित उपस्थित अतिथीहरुले रिबन काटेर औराहामा निर्माण सम्पन्न भएको पशुपतीनाथ महादेब मन्दिरको शिलान्यास गर्नुभएको थियो । डम्बर खड्काको सहजीकरणमा सम्पन्न कार्यक्रममा पुर्णचन्द्र तिमिल्सिनाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here