वीरगन्ज,वीरगन्ज महानगरपालिका वडा नम्बर– १० बजरंगटोलमा निर्माण गरिएको जनजाति कल्याण आश्रम अन्तरर्गत आमाको माया छात्रावास भवन एक कार्यक्रमकाबीच बिहीबार उद्घाटन गरिएको छ । छात्रावास भवनको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजयकुमार सरावगीले उद्घाटन गर्नुभएको हो ।
दाताहरुको सहयोगमा उपलब्ध गराइएको करिब २४ धुर जग्गामा ८० लाखको सहयोगमा आमाको माया छात्रावास निर्माण सम्पन्न भएको थियो । भवन निर्माण पूर्णरुपमा सम्पन्न भएपछि उद्घाटन गरिएको हो । कार्यक्रममा अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक सोमाया जुलू र वरिष्ठ समाजसेवी मुरलीधर रुगंटा लगायतले पनि भवनको उद्घाटनमा साथ दिनुभएको थियो । सो अवसरमा नगर प्रमुख सरावगीले जनजाति कल्याण आश्रमले आमाको माया छात्रावासमार्फत गरिब तथा अतिविपन्न परिवारको शिक्षादिक्षा तथा बाँसगाँसको लागि पु¥याउँदै आएको योगदान सराहनी रहेको बताउनुभयो । आमाको माया छात्रावासका अध्यक्ष भवंरलाल पारिकको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जनजाति कल्याण आश्रमका अध्यक्ष सुरेश रुंगटा, वरिष्ठ उद्योगपति मुर्लीधर रुगंटा, अशोक बैध, वडा नम्बर १० का वडा अध्यक्ष रामनगिना साह लगायतको उपस्थिति थियो ।