बिदुर खडका
डुमरवाना,विद्यार्थीहरुलाई कक्षा कोठाभित्र राखेर पढाइ र लेखाइको माध्यमबाट मात्र शिक्षा दिन सकिन्छ भन्ने मान्यता ओजेलमा पार्दै विद्यार्थी र बालबालिकालाई खेलको माध्यमबाट पनि सहजरुपमा शिक्षा दिलाउन सकिन्छ भन्ने मान्यतालाई प्रमाणित गर्न सिमरा क्षेत्रका विद्यालयहरु खेल माध्यमबाट पठनपाठनलाई प्रभावकारी तुल्याउन स्क््याबल समुह सकृय रहेका छन ।
विद्यार्थीको भाषिक र शाव्दिक तथा गणितीय ज्ञानको अभिबृद्धि गर्ने पद्धतिलाई स्क््रयाबल भनिने बारा संयोजक भोजराज सुबेदी बताउनुहुन्छ ।
बिभिन्न रोचक तथा ज्ञानवर्धक खेलमा आधारित सिकाइ पद्धतिले विद्यार्थीको सिकाईमा रुपान्त्रण हुने सुबेदीको ठहर छ ।
ससाना बालबालिकाहरुलाई मन्टेश्वरीको माध्यामबाट सिकाइ सुरु गरियको छ भने ठुला कक्षाका विद्यार्थीहरुलाई स्क््याबल पद्धतिद्धारा सजिलै ज्ञान हासिल गर्न सकिने सुबेदी बताउनुहुन्छ ।
हाल जीतपुरसिमरा क्षेत्रमा रहेका १६ वटा विद्यालयका ४० जना शिक्षकहरु स्क््रयाबल पद्धतिमा सहभागी रहेका छन । बिकसित मुलुकमा विद्यार्थीहरुले यस पद्धतिद्धारा शिक्षा हासिल गरिरहेका छन भने नेपालमा पनि केहि वर्ष यतादेखि यस पद्धतिमा शिक्षक विद्यार्थीको रुची बढेको छ ।
पोखराबाट सुरु भएको यस किसिमको सिकाइ पद्धति नेपालका ४० जिल्लाहरुमा विस्तार भइसकेको छ ।

















