सिमरा, मुल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शनिवार बाराको सिमरामा सिठि जुलुस निकालेको छ ।

केन्द्रीय कार्यक्रम अन्तर्गत अनेरास्ववियुले सिमरा चोकमा सिठी जुलुस निकालेको हो । पेट्रोलियम पदार्थमा सरकारले मूल्यबृद्धि गरेको र महंगी बढाएको भन्दै अनेरास्ववियुले जुलुसका क्रममा महंगी घटाउन र मूल्यवृद्धि फिर्ता लिन माग गरेको थियो ।
जनप्रतिनिधिको सम्मान

सिमरा,अनेरास्ववियुको सिमरामा सम्पन्न मधेस प्रदेश बैठकमा जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रही बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा निजगढ नगरपालिकाककी उपप्रमुख सोममाया थिङ, रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रवि राना मगर, हरिवन नगरपालिका वडा नम्बर ८ का अध्यक्ष प्रज्वल ढुंगाना, महोत्तरी मनरा सिसवा नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोविन्द चौरसियासहित सात जनालाई सम्मान गरेको हो । निजगढ नगरपालिकाकी उपप्रम्रख थिङ अनेरास्ववियु बाराको कोषाध्यक्ष, ढुंगाना सर्लाहीका अध्यक्ष, मगर र चौरसिया केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

सम्मान कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपमहासचिव सुदर्शन शिवाकोटी, केन्द्रीय सचिव एवम् मधेस प्रदेश ईन्चार्ज रामशरण चौधरी, स्थायी कमिटी सदस्य एवम् मधेस प्रदेश अध्यक्ष अन्जना शिवाकोटी, एमाले प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, सिता सुवेदी, जिल्ला सचिवालय सदस्य मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ताराबहादुर कार्की, वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय सदस्य राजकुमार न्यौपाने, मनिष प्याकुरेल, भैयाराम सहनी, जिल्ला संयोजक श्यामकृष्ण घिमिरे, नगर संयोजक ईश्वर बस्नेतलगायत प्रदेश, जिल्ला र नगर कमिटीका पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो ।

मधेस प्रदेश कमिटी अध्यक्ष शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण केन्द्रीय सचिवालय सदस्य एवम् मधेस प्रदेश सहसंयोजक त्रिलोक विक्रम शाहले गर्नुभएको थियो ।

Leave a Reply