बरियारपुर,मोटरसाइकल चोरी घटनामा सलग्न बारा प्रसौनी गाउँपालिका वडा नम्बर १ निवासी वर्ष २२ का सुरज रामलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर ४ खुटवाटोलस्थित महबुब अंसारीको घरमा पार्किङ गरी राखेको ना ३६ प ३०२५ नम्बरको सि बि साईन मोटरसाइकल चोरी गरेका रामलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
प्रसौनी गाउँपालिका वडा नम्बर १ स्थित शिवपार्वती धर्मकाँटाबाट चोरिएको मोटरसाइकलसहित रामलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । पक्राउ परेको रामलाइ चोरी मुद्दामा बारा जिल्ला अदालत बाट ७ दिनको म्याद थमाइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
यसैबीच सदरमुकाम कलैयामा पनि मोटरसाइकल चोरीका घटना बढ्दै गएका छन । बारा जिल्ला अदालतको पुर्वपट्टि गेटमा पार्किङ गरि राखेको अवस्थामा ना ५२ प ७७७४ नम्बरको मोटरसाइकल भाद्र १६ गते बुधबार चोरी भएको सवारी धनी राजु साह कानुले बताउनुभयो । मोटरसाइकल चोरी गर्ने दुईजना व्यक्ति बिना हेल्मेट मोटरसाइकल चोरेर फरार भएको सिसिटिभीको फुटेजमा देखिएको र उनीहरुको खोज तलास भइरहेको साहले जानकारी दिनुभयो ।
त्यसैगरी गत साउन २६ गते घरेलु तथा साना उद्योग कार्यालय नजिकैबाट प्रदेश न २–०३–०११ प ९००१ नम्बरको मोटरसाइकल चोरी भएको झण्डै एक महिना हुन लाग्दा पनि प्रहरीले चोर पत्ता लगाउन सकेको छैन । सदरमुकाम कलैयाबाट मोटरसाइकल चोरीको घटना दिनप्रतिदिन बढ्दै गएकाले स्थानीय चिन्तित बनेको कलैया उपमहानगरपालिका वडा नम्बर ६ निवासी बिष्णुप्रताप साहले बताउनुभयो ।