दुष्यन्त चौधरी
कलैया, १४ असोज– बाराको गंजभवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रामउदय शर्माले गाउँमा घरेलु मदिरा बनाउने भट्टी संचालन गर्ने अनुमति दिएर भट्टी मालिकसंग महिनावारी रकम बुझने गरेको पाइएको छ ।
नायव निरीक्षक शर्माले भट्टी संचालन गर्न छुट दिएर बापत मालिकसंग मासिक १ लाख भन्दा बढी रकम असुल्ने गरेका हुन । नायव निरक्षक शर्माको मिलोमतोमा जिल्लाको महागढिमाई नगरपलिकाको गंजभवानीपुर क्षेत्रमा एक दर्जन भन्दा बढी अवैध घरेलु मदिरा भट्टी संचालन हुदै आएका छन ।
शर्माले गंजभवानीपुरका प्रभु राम, शम्भु नुनिया, महेश लगायतआधा दर्जन भन्दा बढीसँग महिनवारी रकम लिएर भट्टी संचालन गराउने गरेको स्थानीयले बताएका छन । त्यसैगरी शर्माले गंजभवानीपुरका केही ठुला व्यापारीसंग मिलेर भारतबाट मालसामान तस्करीसमेत गराउने गरेका छन ।
प्रहरीकै मिलिमतोका कारण गंजभवानीपुर बजारमा राजश्व छलीको सामानको बिक्री वितरण खुल्लमखुल्ला हुदै आएको छ । तस्करीको सामान गंजभवानीपुरबाट काठमाण्डौं र पोखरा जस्ता ठुला बजारमा पुर्याइने गरिएको छ ।
चोरी, तस्करी र अपराधिक क्रियाकलाप नियन्त्रणको जिम्मा लिएर बसेको प्रहरी नै गैह्कानुनी कार्यमा संलग्न हुन थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले चौकीका नायव निरीक्षक शर्माले अबैध घरेलु मदिरा भट्टी संचालन गराएर रकम असुलेको पाइएमा विभागीय कारवाही गरिने बताउनुभयो । .