कलैया,बजार क्षेत्रको फोहोर फाल्ने डम्पिङ साईट नभएको भन्दै बिहीबार बिहान सरसफाइ कर्मचारीले कलैया उपमहानगरपालिकाको मुलगेटमा घेराउ गरेका छन् ।

बिहान करिब ७ बजे कलैया उपमहानगरपालिका वडा नम्बर– १ का सरसफाइ कर्मचारीहरु ट्रयाक्टरमा लोड गरिएको फोहोर सहित उपमहानगरपालिकाको मुल गेटमा प्रदर्शन गरेका हुन् । नगर प्रमुख राजेश राय यादवले फोहोर व्यवस्थापनको जिम्मा वडा कार्यालयहरुले लिएकोले उपमहानगरपालिकाको कार्यालय घेराउ गर्न उचित नहुने बताएपछि सरसफाइका कर्मचारीहरु विरोध प्रदर्शन रोकेका थिए । वडा नम्बर– १ का अध्यक्ष हरिओम साहको उक्साहटमा सरसफाई कर्मचारीहरु उपमहानगरपालिकाको मुलगेट घेराउ गर्न पुगेको उपनगरपालिकाका कर्मचारीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here