काठमाण्डौ – भूटानमा आजदेखि शुरू भएको १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल पहिलो खेलमा भारतसँग फराकिलो अन्तरले पराजित भएको छ ।भूटानको चाम्लिमिथाङ रङ्गशालामा बुधवार भएको खेलमा नेपाल भारतसँग ७–० गोलले पराजित भएको हो । पहिलो हाफमा ५ गोल गरेको भारतले दोस्रो हाफमा २ गोल थप्यो । भारतकी अभिष्टा बस्नेत, निरा लोङजम र अनुष्का कुमारीले २÷२ तथा कप्तान जुलान नोङमेथेमले १ गोल गरे ।
१७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा भूटान, नेपाल, भारत र बङ्गलादेश गरी ४ वटा टोली सहभागी छन् । नेपालले पर्सि शुक्रवार भूटानसँग, भदौ ८ र ११ गते बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ ।डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ ।

Leave a Reply