आरके राजन
सिम्रौनगढ,बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले देशको विकासको लागि महिलाहरु शिक्षित हुन जरुरी रहेको बताउनुभएको छ ।सिम्रौनगढस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड कचोर्वाको चौथो वार्षिक सधारण सभाको उद्धाटन कार्यक्रममा बोल्दै सांसद मैनालीले बुधवार सो कुरा बताउनुभएको हो ।उहाँले महात्मा गान्धीको भनाई उद्धरण गर्दै भन्नुभयो, पुरुष शिक्षित भए उ एक्लै शिक्षित हुन्छ तर महिला शिक्षित भए पुरै परिवार शिक्षित हुन्छ ।’ सांसद मैनालीले महिला शिक्षामा जोड दिदै परिवारमा महिला साक्षर हुन जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिला साक्षर नभएसम्म र घर परिवार, समाज र राष्ट्रको विकास शंभव छैन ।’सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वा बजारस्थित दुर्गा मन्दिरको प्राङ्गणमा संस्थाको चौथो वार्षिक सधारण सभा सम्पन्न भएको हो । साधारण सभाको प्रमुख अतिथि सांसद मैनालीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।साना किसान कृषि सहकारी संस्था कचोर्वाका अध्यक्ष पार्वती यादवको अध्यक्षतामा भएको साधारण सभामा विशिष्ट अतिथिमा सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजमु शेहर, बारा जिल्ला सहकारी संघका अध्यक्ष उपेन्द्र जयसवाल, साना किसान सहकारी जिल्ला संघ कलैया बाराका अध्यक्ष मिश्रीलाल सहनी, दीगो सहकारी संस्था कचोर्वाका रामएकवाल यादव, सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामएकवाल यादव, कृषि विकाश संरक्षण समाज कचोर्वाका शर्मालालप्रसाद यादव, साना किसान सपहीका अरुण चौधरी, नमस्ते नेपाल सहकारीका सुरेश यादव, नेकपा एमालेको सिम्रौनगढ नगर कमिटीमन अध्यक्ष महेन्द्र जयसवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।साधारण सभामा सर्वोत्कष्ट बचतकर्ता महिला सदस्य, आपाङ्ग महिला सदस्य र स्नातकमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि सम्मान र पुरस्कार स्वरुप रकम प्रदान गरिएको थियो ।
कार्यक्रममा साना किसान कृषि सहकारी कचोर्वाका प्रबन्धक पनिलाल यादवले संस्थाको प्रगति प्रतिवेदन, संस्थाका अध्यक्ष पारवती यादवले अध्यक्षको प्रतिवेदन र कुमारी कृष्णाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन पनिलाल यायवले गर्नुभएको थियो ।कार्यक्रममा १ सय ८ समुहका ९ सय ५० जनाको सहभागिता रहेकोमा ९५ प्रतिशत महिलाहरु शेयर सदस्यहरु रहेको संस्थाले जानकारी दिएको छ ।