वीरगन्ज,वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको श्रावण महिनामा लक्ष्य भन्दा बढी राजश्व असुल गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा भन्सार कार्यालयले लक्ष्य भन्दा बढी अथात् १४ अर्ब ८४ करोड ५८ लाख २८ हजार राजश्व संलन गरेको छ ।

भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई साउन महिनाका लागि ११ अर्ब ८२ करोड ७५ लाख ५ हजार राजश्व संकलनका लागि लक्ष्य दिएकोमा उसले चालु आर्थिक वर्षको पहिलो महिनामा भने लक्ष्य भन्दा ३ अर्ब १८ करोड ३२ लाख ३ हजार बढी राजश्व असुली गरेको हो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भएपनि चालु आर्थिक वर्षमा इन्धन लगायतका सवारी साधनहरुको पनि आयात बढेकाले राजश्व असुली कार्य संतोषजनक भएको भन्सारका अधिकारीहरुले बताएका छन् । अघिल्लो आर्थिक वर्षमा भने कोरोना संक्रमण र निषेधाज्ञाका कारण वीरगन्ज भन्सारलाई लक्ष्य भेट्टाउन मुस्किल परेको थियो ।

Leave a Reply