सिकिन्द्र साह
सिम्रौनगढ, ९ बैशाख । बाराको पचरौता नगरपालिकाको वडा नम्बर ५ बेल्दारीमा राहत बितरण गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको महामारीको रूपमा कोरोना भाईरस तथा लक डाउनको कारणले गर्दा गरिब बिपनन तथा दलित ज्यालादारी गरि जीवन बिताउनेहरुलाई पहिचान गरि सर्बदलिय बैठक बसालि दाल, चामल, नुन, आलु, खाने तेल बितरण गरिएको हो ।
राहत बितरण कार्यक्रममा नगर प्रमुख रमेशकुमार यादवले बोल्दै नगर प्रमुख भए देखि नै नगरपालिकाको सम्पुर्ण वडामा बिकाशको गतिविधि देखि लिएर गरिब तथा पिछडिएको वर्गहरुलाई समस्या समाधान प्रती लागेका जानकारी दिए । अहिलेको अवस्था बिश्व आर्थिक अवस्थामा लम्की रहेको समेत जनाए । लक डाउन सफल गरिदिनु हुनको लागि आ आफ्नो घरमा बसिदिन आग्रह समेत गरेका थिए । साथै वाडा अध्यक्ष लक्ष्मी यादवले बताउदै सर्बदलिय बैठक बसालि राहत बितरण प्रकृयामा लागेर राहत बितरण गर्न ब्यवस्था मिलाएको थिए । पचरौता नगरपालिकाको वडा नम्बर ५ बेलदारिमा स्थानिय सरकारको नीति अनुसार तथा प्रदेश सरकारको ऐन अनुसार बिगत लामो समय देखि काम गरिरहेको समेत बताए ।
आफ्नो पदिय दायित्व निर्वाह दावी गर्दै आफ्नो निजि काम नगरि जनताको लागि दिनहु वडाको काम गरिरहेको सुनाए । कार्यक्रममा प्रहरी सहायक निरिक्षक सिकिन्द्र साह, सस्शत्र प्रहरी निरीक्षक कुल खड्का , रन्जीत जैसवाल, वडा अध्यक्ष कन्हैया यादव, रामबलक यादव तथा विभिन्न पार्टीको नेताहरूको सहभागीतामा सामाजिक दुरी कायम गरि चार सय अठार घरधुरीलाई राहत बितरण गरिएको थिए ।