नरेश गुप्ता

बरियारपुर,कर्तव्य ज्यान मुद्दामा बिगत ९ वर्षदेखि फरार रहेका अभियुक्तलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ निवासी त्रिलोकी चौधरीको छोरा वर्ष १८ को अजय चौधरीको कर्तव्य ज्यान मुद्दामा फरार रहेका सोही ठाउँ बस्ने वर्ष ३६ का अनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतक चौधरी २०६९ जेष्ठ २ गतेदेखि बेपत्ता भएको उनको शब सोही वर्षको जेष्ठ २२ गाउँ नजिकैको नहर छेउमा प्रहरीले बरामद गरेको थियो । कर्तव्य गरी ज्यान मार्ने अभियुक्त चौधरी बरदात शबफेला भएपछि फरार रहदै आएका थिए ।

बिगत लामो समयदेखि फरार रहेका अभियुक्त चौधरी लुकिछिपी रहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरिएको थियो । पक्राउ परेको अभियुक्त चौधरीलाई सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरि पाँच दिनको म्याद थमाइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here