नरेश गुप्ता

बरियारपुर,कलैयाबाट चोरी गरेर जीतपुरसिमरा उपमहानगरपालिकाको पिलुवातर्फ लैजादै गरेको चौपायासहित प्रहरीले अटोरिक्सा चालकलाई पक्राउ गरेको छ ।

कलैया– पिलुवा सडकखण्डमा डिउटीमा खटिएको प्रहरी टोलीले कलैया उप–महानगरपालिका वडा नम्बर २४ सखुई चोकबाट ना. २ ह ५३३२ नम्बरको अटोरिक्सासहित ३ वटा खसी सहित चालकलाई नियन्त्रणमा लिएाके हो ।

प्रहरीले चेकजाँचको क्रममा सोधपुछ गर्दा उक्त अटोरिक्साका चालक जिल्ला बारा फेटा गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष २८ को रबिशंकर प्रसाद यादवलाई पक्राउ गरेको हो । अटोचालक यादवले स्थानीय हरिचन्द्रप्रसाद यादवको गोठबाट खसी चोरी गरी ल्याएको खुल्न आएकोले निजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

चोरी गरेर ल्याएको खसी तथा अटोरिक्सा बरामद गरी जिल्ला प्रहरी कार्यालय कलैयामा ल्याएर कानुनी कारबाहीको लागि मुद्दा दर्ता गरी अनुसन्धान गर्दै जादा बरामद अटोरिक्सा निज प्रतिवादीले सोही राती मकवानपुर जिल्लाको हेटौडाबाट चोरी गरी ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

अटोरिक्सा भने सोमलाल तिमल्सिनाको नामा दर्ता रहेकोले पाइएकोले त्यसतर्फ पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ

Leave a Reply