जीतपुर,बाराको परवानीपुर गाउँपालिका– १ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, गौनहरीमा आज एक कार्यक्रमकाबीच ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कार्यक्रम नेपाल रिटर्नीङ एसोसिएसनको पहलमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई एक÷एक थान कापी, कलमलगायतका सामग्रीहरु वितरण गरिएको थियो । शैक्षिक सामग्री सम्बोधन गर्दै नेपाल रिटर्नीङ एसोसिएसन समाजवादीका केन्द्रीय अध्यक्ष प्रवीण पौडेलले विद्यार्थीहरूको शैक्षिक विकासका लागि संस्थाले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यार्थीमैत्री कामलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष पौडेलले बालबालिकालाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दै स्वच्छ वातावरण र अनुशासनले नै शिक्षा प्रभावकारी हुने उल्लेख गर्नुभयो ।विद्यालयका अभिभावक र विद्यालय प्रशासनले सहयोगबाट विद्यार्थीहरूको सीकाइ क्रियाकलामा थप प्रेरणा मिल्ने प्रतिक्रिया दिएका छन् ।

Leave a Reply