बसन्त लामा

सिगौंल,निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ सिगौंलका जनप्रतिनिधिहरुको पदीय जिम्मेवारी सकिनै लाग्दा लाग्दा समेत धन्सार नदीमा सिंचायीको पक्की बाँध निर्माण गर्नेतर्फ भने ध्यान जान सकेको छैन ।

स्थानीयको मागअनुसार सिंगौलको अन्य क्षेत्रमा विकास निर्माण कार्य अघि बढेको भएपनि स्थानीय किसानहरुको कृषि उत्पादन वृद्धि र जीविकोपार्जन उकास्न महत्वपूर्ण टेवा पुर्याउदै आएको सो सिंचायी आयोजनामा पक्की बाँध निर्माण गर्नेतर्फ भने जनप्रतिनिधिहरुको ध्यान जान सकेको छैन ।

२ दशकअघि निर्माण भएको सो आयोजनामा पक्की बाँध नहुँदा हरेक वर्ष असार र साउन महिनामा सिंचायी सुविधाको लागि किसानले खोलामा स्याउलाको बाँध बनाएर सिँचाइ सुविधा लिदै आएका छन । तर वर्षायाममा खोलमा आउने सानो बाढीले पनि स्याउनको बाँध बगाउने गरेकोले किसानले हैरानी बेहोर्दै आएका छन ।

सिंगौलमा व्यवसायिक केरा खेती बाहेक परम्परागत रुपमा हुने धान र अन्य खाद्यान्न तथा नगदे बालीको पनि खेती हुदै आएको छ । सिंचायी असुविधाकै कारण गाउँमा खाद्यान्न र अन्य बालीको खेती हुन छाडेको र किसानहरु केरा खेतीतर्फ आकर्षित बनेका हुन । पर्याप्त सिंचायी बिनानै गर्न सकिने भएकोले उनीहरु केरा खेतीतर्फ आकर्षित बनेका हुन ।

स्थानीय जनप्रतिनिधिहरु मध्ये अधिकांशले पनि केरा खेती गरेकोले धन्सार खोलो सिंचायीमा पक्की बाँध निर्माणमा उनीहरुले चासो नदेखाएको स्थानीय एक किसानले बताएका छन । ‘धान, मकै र गहुँ जस्ता पर्याप्त सिंचायी आवश्यक पर्ने खेती जनप्रतिनिधिहरुले गरेका छैनन, एक किसानले भने, आफूलाई आवश्यक नभएपछि धन्सारमा पक्की बाँध बनाउन पनि चासो नदेखाएका हुन ।’

सिंचायी बाहेक सिगौंलमा विकासका अन्य काम भने संतोषजनक रुपमा अघि बढेको स्थानीय राम सिंग्तानको भनाइ छ । जनप्रतिनिधिहरुको ५ वर्षेकार्यकाल पुरा हुन लाग्दा सिगौलको मुख्य समस्या मानिएको सडक, विद्यालय भवन, विद्युतीकरण र खानेपानीको क्षेत्रमा अहिलेसम्म ८० प्रतिशत कार्य पूरा भएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here