पुष्पराज खतिवडा
सिमरा,बारा
बैंकहरुमा बढ्दो लापरवाहीका कारण सरकारी सहुलियत कर्जा दुरुपयोग भैरहेको कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगजंका क्षेत्रिय निर्देशक चन्द्रसिंह थापाले बताउनु भएको छ ।

सुक्रबार कृषि विकास बैंक लिमिटेड र बाराका साना किसान कृषि सहकारी संस्थाहरुको विच अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै थापाले आर्थीक अपराधीका कारण वास्तविक किसानले सुविधा पाउन कठिन भएको बताउनु भयो ।

त्यस्ता अपराधिले बैंकका कर्मचारीलाई प्रभावमा पारेर वास्तविक कामको भन्दा धेरै गुणबढी सहुलियत कर्जा लिने र बढी ब्याज दिने बैंकमा राखी ब्याज खाने गरेको पाईएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका थापाले साना किसान सहकारी संस्थाहरुसँग कृषि विकास बैंकको चेली र माईतीको जस्तो सम्बन्ध रहेको बताउनु भयो । साना किसान कार्यक्रमको परिकल्पनाकार समेत रहेको बैंकले राज्यको परिवर्तीत नीति अनुरुप अघि बढ्ने क्रममा पछिल्ला केही समय संस्थाहरुसँगको सम्बन्धलाई प्रगाढ बनाउन नसकेको बताउनु भयो ।
कार्यक्रममा सहभागी साना किसान सहकारी संस्थाका प्रतिनीधिहरुले वास्तविक किसानले सरकारी सहुलियत कर्जा पाउन नसकेको निर्देशक थापासामु गुनासो गरेका थिए ।
२०२४ सालमा स्थापना भएको बैंक कृषि मन्त्रालय अन्तरगत रहेर सेवा दिँदै आउको थियो । २०५८ सालबाट अन्य वाणिज्य बैंक सरहनै अर्थमन्त्रालय मातहतको राष्ट्र बैंकको नीति अनुरुप संचालनमा आउनु पर्ने बाध्यात्मक परिस्थीती बन्यो ।

जस्को कारण आफँैले स्थापना गरेका संस्थाहरुलाई प्रत्यक्ष सेवा दिन नसकिएको निर्देशक थापाले बताउनु भयो ।
थापाले सरकारले कृषि क्षेत्रमा कुल लगानीको २५ प्रतिशत लगानी गर्नै पर्ने भनी बाध्यात्मक नीति बनाएको तर कृषि क्षेत्रको विकास गर्न यो नीति मात्रै प्रयाप्त नहुने बताउनु भयो । किसानका वास्तवीक आवश्यकता पहिचान गरि सोही अनुपरुका सहयोग गर्ने योजना बनाएर काम गर्ने वातावरण बनाईनु पर्नेमा त्यसो हुन नसकेको वहाँको भनाई थियो । क्षणिक लाभका कार्यक्रम गरिरहेका सबैखाले सरकार कृषि क्षेत्रको दिगो विकासका लागि गम्भीर नदेखिँदा कृषि उजको आयात बर्षेनी बढेको बताउनु भयो ।
बाराको सिमरा स्थीत रहेको कृषि विकास बैंकको शाखाले आयोजना गरेको कार्यक्रममा बैंकको सिमरा शाखाका प्रबन्धक सुरेश भट्टराई, क्षेत्रीय कार्यालय विरगजंका शाखा अधिकृत प्रेम प्रसाद उप्रेती, बैंका पूर्व कर्मचारी गोकुल कुमार पौडेल, साना किसान कृषि सहकारी संघ बाराका उपाध्याक्ष कन्हायीलाल थारु,कोषाध्यक्ष नयनकला खड्का लगायत २४ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले कृषि विकास बैंकलाई सहुलिय कर्जा लगानीमा सहयोग गर्न आग्रह गरेका थिए । संस्थाहरुसँग सहकार्य गर्न समेत संस्थाका प्रतिनीधिहरुले बैंकमा आग्रह गरे । संस्थाका प्रतिनीधिहरुले सुलभ कर्जा सहितको प्रभावकारी सेवा प्रवाहको अपेक्षा निर्देशक थापासँग राखेको साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका संचालक प्रदिपसिंह बरालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here