निजगढ,प्रहरीले निजगढ नगरपालिका– ११ स्थित रतनपुर– तामागढी सडक खण्डबाट दुई जनालाई दुई किलो गाँजासहित पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका– ११ रतनपुर तामागढी सडक खण्डस्थित जंगलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

रतनपुर– तामागढी सडक खण्डमा गाँजा ओसार पसार भइरहेको विशेष सूचनाको पाएलगतै प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको टोलीले रतनपुरबाट निजगढस्थित पूर्वपश्चिम राजमार्गतर्फ जादै गरेको प्रदेश–३–०३–००१.प.२१०५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा निजगढ नगरपालिका– १२ रामथलीका का ३० वर्षीय बिजय तमाङ र ३२ वर्षीय सन्तबहादुर लुम्बाले बोकेको झोला खानतलाशी गर्दा दुई किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक विशालकुमार बानियाले जानकारी दिनुभयो । उनीहरु दुबै जनालाई प्रहरीले मोटरसाइकलबाट पिछा गरेर नियन्त्रणमा लिएको पनि उहाँले बताउनुभयो ।

पक्राउ परेका उनीहरुलाई आइतवार जिल्ला अदालत बारामा पेस गरी ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरी नायव निरीक्षक बानियाले बताउनुभयो ।

Leave a Reply