बरियारपुर,युवा संघ नेपाल बाराको महिला विभाग प्रमुखमा निजगढ नगरपालिकाकी नेकपा एमालेकी कार्यकर्ता चण्डीका सापकोटा उप्रेती मनोनित हुनुभएको छ । संघको सोमबार बसेको पदधिकारीहरुको बैठकले सापकोटालाई महिला विभाग प्रमुखमा मनोनित गरेको हो । महिला विभाग सदस्यहरुमा रिणा मण्डल, रोजिना गौतम, सोनिका बानिया, टिम्ला चौलागाई मनोनित हुनुभएको छ । त्यस्तै बैठकले ५ जनालाई पनि संघको जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको छ । जिल्ला कमिटी सदस्यमा मनोनित हुनेमा हरी पराजुली, नवीन चौधरी, धिरेन्द्र तिवारी, सोनिका बानिया, दिपेन्द्र साह हुनुहुन्छ । युवा संघ नेपाल बारा अध्यक्ष राम यादवको अध्यक्षता बसेको सो बैठकमा प्रमुख अतिथि युवा संघ नेपाल केन्द्रीय सचिव तथा प्रदेश दुईका प्रमुख धु्रब यादव, विशिष्ट अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव बिक्रम ठाकुर, युवा संघ नेपालका राजेश पटेल, गौरी शंकर यादव, युवा संघ बारा उपाध्यक्ष रामकुमार भट्टराई, सहसचिव रन्जित यादव, कोषाध्यक्ष अनिल भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here