नरेश गुप्ता

बरियारपुर,प्रदेश २ प्रहरी कार्यलय जनकपुर र मातहतको प्रहरी कार्यालयले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ बाट पेस्तोलसहित दुईजना युवकलाई मंगलबार पक्राउ गरेको छ ।

प्रहरीको संयुक्त टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित बिधायक होटेलबाट सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर निवासी वर्ष ३५ का राजेशप्रसाद यादव र सोही ठाउँ बस्ने हिरा महतोका छोरा वर्ष २० को जितेन्द्रप्रसाद कुशवाहाले साथमा लुकाइ राखेको मेडइन युएसए ०७७७७० लेखिएको म्यागजिन सहित पेस्तोल र एक्सट्रा म्यागजिन एक थान फेला पारी उनीहरुलाई पक्राउ गरिएको छ । प्रहरी निरीक्षक दीपक सुवेदीको कमान्डमा गएको टोलीले अमेरिकी पेस्तोल एक थानसहित उनीहरुलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

हतियार सहित पक्राउ परेको दुबै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एंव प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here