जीतपुर,प्रदेश नम्बर २ का पूर्वभौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिवार एक कार्यक्रमकाबीच बाराको परवानीपुरमा नवनिर्मित धर्मशालाको उद्घघाटन गर्नुभएको छ ।

परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा निर्मित स्वर्णकार धर्मशालाको पूर्वमन्त्री सोनलले उद्घघाटन गर्नुभएको हो । प्रदेश सभा सदस्य सोनलकै संसदीय कोषको ३५ लाख रुपैयाँको लागतमा निर्मित धर्मशालाको उद्घघाटन गर्दै धर्मशाला गरिब तथा विपन्न परिवारको लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

धर्मशाला उद्घघाटन कार्यक्रममा परवानीपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनिल राम, जनता समाजवादी पार्टी (जसपा) का नेता महेन्द्र यादव, सन्त यादव, शिवपुजन साह, महेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here