कलैया,नेपाल परिवार दल बाराले अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ । उक्त पार्टीले शनिबार जिल्ला सदरमुकाम कलैयास्थित देवकीलाल धर्मशालाको प्राङ्गणमा एक कार्यक्रमबीच राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । जिल्लाका विभिन्न ठाउँका ४० जनालाई राहत वितरण गरिएको नेपाल परिवार दल बाराले जनाएको छ ।

राहत स्वरुप एक जनालाई चामल २५ केजी, दाल २ केजी, मासको दाल २ केजी, खाने तेल ४ पकेट, चिनी २ केजी, मसाला १÷२ केजी, साबुन २ पिसका दरले राहत सामग्री वितरण गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री एवं नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाल, विशिष्ट अतिथिमा पार्टीको प्रदेश २ का संयोजक सन्तोष पौडेल रहनुभएको थियो ।

त्यस्तै पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी र सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here